डडेल्धुरा अस्पतालको प्रयोशालामा थप १४ जनामा कोरोना पुष्टि

डोटीे : डडेल्धुरा अस्पताल डडेल्धुराको प्रयोशालामा गरिएको परिक्षणमा शनिबार (आज) थप १४ जनामा कोरोना देखिएको छ । गएको २४ घण्टामा एक सय २८ नमुनाहरुको कोरोना परिक्षण गरिएकोमा १४ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयो । प्रयोगशाला ईन्चार्ज भूषालका अनुसार डडेल्धुरा जिल्लाका ६ जना, दार्चुला जिल्लाका ३ जना र बैतडीका ५ जनामा कोरोना देखिएको हो ।

Sayalb

कोरोना पुष्टि हुनेमा डडेल्धुरा जिल्लाको नवदुर्गा गाँउपालिका वडा नम्वर २ का ३ जना, पर्शुरामा जगरपालिका वडा नम्बर १२ का २ जना, आलिताल गाँउपालिका वडा नम्वर ४ का एक जना, बैतडीको पाटन नगरपालिकाका ४ जना, पञ्चेश्वर गाँउपालिकाका एक जना रहेका छन् । त्यस्तै दार्चुलाको मर्मा गाँउपालिकाका ३ जना रहेका छन् ।

Shaileshwori
Loading...