उच्च अदालतका १८ जना सहित डोटीका ३५ जनामा कोरोना पुष्टि

Sayalb

डोटी : उच्च अदालत दिपायलमा कार्यरत १८ जना कर्मचारी सहित डोटीमा ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल डोटी , डडेल्धुरा अस्पताल र सेती प्रादेसीक अस्पतालको प्रयोगशाला गरिएको परिक्षणमा डोटीका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यो संगै डोटी जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार दुई सय १४ पुगेको छ ।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार दिपायल सिलगढी नगरपालिकाका २० जना, बोगटान फुड्सिल गाँउपालिकाका ६ जना, शिखर नगरपालिका र बडीकेदार गाँउपालिकाका तिन/तिन जना, आदर्श गाँउपालिका, के.आई.सिंह गाँउपालिका र जोरायल गाँउपालिकाका एक/एक जना जना गरी जम्मा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १८ जना उच्च अदालत दिपायलका कर्मचारी रहेको मलासीले बताए ।
आज दिपायल सिलगढी नगरपालिका वडा नम्वर ४ का ११ जना पुरुष र ७ महिला, वडा नम्वर ६ का दुई जना पुरुष, बोगटान फुड्सिल गाँउपालिका वडा नम्वरर २ का दुई महिला दुई परुष, वडा नम्वर ७ का २ जना पुरुष, शिखर नगरपालिका वडा नम्वर १ का दुई जना पुरुष र एक महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै आदर्श गाँउपालिकाकी एक महिला, के.आई.सिंह गाँउपालिका वडा नम्वर ४ का एक पुरुष, जोरायल गाँउपालिका वडा नम्वर ४ का एक पुरुष तथा बडीकेदार गाँउपालिका २ का एक पुरुष र वडा नम्वर ३ का दूई परुषमा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीका अनुसार हाल जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या एक सय १५ रहेको छ ।

Shaileshwori
Loading...