Before Header
After Navigation

डोटी युनियनले सचेतना मुलक कार्यक्रम गर्ने

डोटी : नेपाल प्रेस युनियन डोटीले दशैं तिहारमा हुने संभावित विकृति, घटना तथा यो समयमा हुन सक्ने कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि सचेतना मुलक कार्यक्रम गर्ने निर्णय गरेको छ । युनियनले आइतबार दिपायलमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रममा उक्त निर्णय गरेको हो । दशैं तिहारको बीचमा हुन सक्ने घटना, दुर्घटना, फजुल खर्च, जुवातास तथा यो समयमा हुने कालोबजारी, अखाद्य बस्तुको विक्रिवितरण रोकथाम तथा नियन्त्रणका लागि सूचना, सन्देश तथा समाचार प्रकाशन प्रसारण गर्ने निर्णय गरेको छ ।

Sagan sahari bhawan nirman aayojana

जिल्लामा प्रकाशन, प्रसारण हुने मिडियाबाट उक्त सामग्रीहरु अनिवार्य प्रकासन प्रशारण गर्न र दशैं तहारको बीचमा हुनसक्ने घटना, जुवातास, कालो बजारी र कोरोना जोखिमलाई लक्षित गर्दै रिपोर्टीङ्ग गर्न युनियनकर्मीलाई आग्रह गरिएको शाखाका अध्यक्ष बमले जानकारी दिए । युनियनमा आबघद्ध पत्रकारहरुले सम्भावित घटना, जोखिम न्यूनिकरण, बजार अनुगमन, यात्रुबाहक साधनमा भौतिक दुरी, सार्वजनिक स्थलहरुमा स्वास्थ्य मापदण्ड, जुवातास, अबैध रुपमा मदिरा विक्रिवितरण, प्रहरी गस्ति परिचालन लगायतका विषमा केन्द्रित भएर प्रशासन, स्थानीय सरकारलाई बढी जिम्मेबार बनाउँन मिडियाबाट दवाव दिने अध्यक्ष बमले बताए ।

Shaileshwori
Loading...