डोटीको प्रयोगशालामा गरीएको परिक्षणमा ८ जनामा कोरोना पुष्टि

Sayalb

डोटी : मंगलबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरीएको परिक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ४५ नमुनाहरुको परिक्षण गरिएकोमा ८ नमुनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल डोटीका प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनुभयो । कोरोना पुष्टि भएका सबै डोटी जिल्लाका हुन् ।
प्रयोगशाला ईन्चार्ज श्रेष्ठका अनुसार कोरोना देखिएका सात जना पुरुष र एक महिला हुन् । आज दिपायल सिलगढी नगरपालिकाका चार पुरुष र आदर्श गाँउपालिकाका तिन पुरुष र एक महिला गरी जम्मा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...