उच्च अदालतका ४ जना सहित डोटीका ८ जनामा कोरोना पुष्टि

डोटी : उच्च अदालत दिपायलमा कार्यरत ४ जना कर्मचारी सहित डोटीमा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल डोटीको प्रयोगशाला गरिएको परिक्षणमा डोटीका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यो संगै डोटी जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार दुई सय २२ पुगेको छ ।

Sayalb

आज दिपायल सिलगढी नगरपालिका वडा नम्वर ४ राजपुरमा अवस्थित उच्च अदालतमा कार्यरत ४८, ४०, ३९ र ३५ वर्षका चार जना पुरुष, आदर्श गाँउपालिका वडा नम्बर ३ का २५ वर्षका एक पुरुष, वडा नम्बर ६ का ७ वर्षीय एक बालक र ३१ वर्षका एक पुरुष गरी दुई जना र वडा नम्वर ७ का १९ वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीका अनुसार हाल जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या एक सय २३ रहेको छ ।

Shaileshwori
Loading...