श्वाब संकलन गरेका ब्यक्ती घुमघाम नगर्नु : प्रजिअ भट्टराई


डोटी : पिपिआर परिक्षणका लागी नुमना संकलन भएका ब्यक्तीहरु घुमघाम नगर्न र एकान्तवासमा बस्न जिल्ला प्रशासन कार्यालय डोटीले सूचना जारी गरेको छ ।
कोरोनाको आशंका भएका वा टे«सिङमा परेका ब्यक्तीहरु स्वतन्त्र रुपमा घुमघाम गरिएको सूचना आएको डोटीका प्रमुख जिल्ला अधिकारी भिम प्रशाद भट्टराईले बताए । प्रजिअ भट्टराईले भने ‘कोरोना संक्रिमित ब्यक्तीमा कोरोनाका लक्षण नभएपनी जिवाणु हुन सक्छ जो अन्य ब्यक्तीलाई सर्छ त्यसैले श्वाब संकलन भएका कुनै पनि ब्यक्ती बाहिर घुमघान नगर्नु होस ।’
दशैँको पुर्ब सन्ध्यामा परिक्षणका लागी श्वाब दिएको भएपनी धेरै ठाउँमा घुमघाम गर्ने गरेको हुँदा आफ्नो र नागरिकको स्वास्थ्य प्रति सेचेत हुँदै त्यस्ता कार्यमा नलाग्न प्रजिअ भट्टराईले आग्रह गरेका हुन । दशैँको मेला नगर्न तथा अनाबश्यक भिडभाड नगर्न समेत प्रशासनले आग्रह गरेको छ ।
