योगदान राष्ट्रका लागि अभियानद्वारा खाद्यान्न वितरण
टेक विवश साउद/डोटी
योगदान राष्ट्रका लागि अभियान डोटीले एकल महिला र जेष्ठ नागरिकलाई राहत बितरण गरेको छ । मंगलबार दिपायल सिलगढी नगरपालिका वडा नम्वर सात उडितोलाका एकल महिला र जेष्ठ नागरिकलाई ५०/५० के.जी चामल वितरण गरेको कार्यक्रमका जिल्ला संयोजक दिपेन्द्र खड्काले जानकारी दिनुभयो ।
त्यस्तै अभियानकी जिल्ला सदस्य तुलसी पुजाराले पनी आफ्नो जन्म दिनको अवसरमा मल्लो उडितोलाका दलित बस्तीका एकल महिला र जेष्ठनागरिकलाई चामल,फलफुल, सावुन लगायतका सामाग्री वितरण गरेको खड्काले जानकारी दिनुभयो ।
योगदान राष्ट्रका लागि अभियानले प्राथमिक उपचार पद्धतिको विकास गरि मृत्युुदर कम गर्ने, स्वास्थ जनचेतना फैलाउने, देशमा स्वास्थ्यमा परिवर्तनको संवाहक बन्दै देशका लागि केही योगदान दिने उक्त अभियानको मुख्य उद्देश्य रहेको छ । अभियानले डोटी जिल्लामा पनि विभिन्न सेवा मुलक सामाजिक कार्य गर्दै आइरहेको छ ।