डोटीको प्रयोगशालामा गरीएको परिक्षणमा १० जनामा कोरोना पुष्टि

Sayalb

डोटी : बुधबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरीएको परिक्षणमा थप दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ९९ नमुनाहरुको परिक्षण गरिएकोमा दश नमुनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल डोटीका प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनुभयो । कोरोना पुष्टि भएका सबै डोटी जिल्लाका हुन् ।
आज दिपायल सिलगढी नगरपालिकाका नौं पुरुष र के.आई.सिंह गाँउपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला ईन्चार्ज श्रेष्ठले बताए ।

Shaileshwori
Loading...