डोटीका थप १० जनामा कोरोना देखियो, ३ जना बाल सुधार गृहका

डोटी : डोटीमा दश जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल डोटीको प्रयोगशाला गरिएको परिक्षणमा डोटीका थप दश जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यो संगै डोटी जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार दुई सय ३२ पुगेको छ ।

Sayalb

आज दिपायल सिलगढी नगरपालिकाका नौँ जना र के.आई.सिंह गाँउपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्वर ४ का १८ वर्षीय एक जना पुरुष, वडा नम्बर ६ का २३, २२, २१, २०, २१, २२, १९ र १५ वर्षका ८ पुरुष र के.आई.सिंह गाँउपालिका वडा नम्वर ६ का २२ वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको छ । आज कोरोना देखिएका दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का तिन जना बाल सुधार गृह सिलगढीका रहेको स्वास्थ्य कार्यालय प्रमुख मलासीले बताए ।

स्वास्थ्य कार्यालय प्रमुख मलासीका अनुसार हाल जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या एक सय ३३ रहेको छ ।

Shaileshwori
Loading...