डोटीमा प्रादेशिक ईन्जिनिरिङ्ग कलेज स्थापना हुने

कर्ण चन्द/कार्तिक ५ डोटी

डोटीमा प्रादेशिक ईन्जिनिरिङ्ग कलेज स्थापना गर्नका लागी पुर्बाधार अध्ययन हुने भएको छ । कलेज स्थापनाका लागी प्रारम्भीक अध्ययन, सम्भाब्यता अध्ययन भएपछी अन्तिम तयारी स्वरुप पुर्वाधार अध्ययन तथा स्थान छनौट गर्नका लागी बिश्व बिद्यालय अनुदान आयोग (युजिसी) पुर्ब प्रमुख  प्राध्यापक डाक्टर त्रिरत्न बद्राचार्य नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

बद्राचार्य नेतृत्वका टोलीले सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री  त्रिलोचन भट्ट, दिपायल सिलगढी नगरपालिकाका प्रमुख मन्जु मलासी लगाएत सरोकारवालासंग भर्चुवल मिटिङ गरेका छन । तत्कालीन शिक्षा मन्त्री धनीराम पौड्यल मन्त्री हुँदा डोटी, बर्दिवास, चितवन र दाङमा ईन्जिनिरिङ्ग कलेज स्थापनाका लागी सम्भाब्यता अध्ययन गर्न बिश्व बिद्यालय अनुदान आयोगलाई बजेट बिनियोजन गरिएको थियो ।

ईन्जिनिरिङ्ग कलेज स्थापनाका लागी प्रारम्भीक अध्ययन टोलीका संयोजक हरि रोक्का नेतृत्वको टोलीले डोटी क्याम्पस र सेती प्राबिधिक शिक्षालयमा ईन्जिनिरिङ्ग कलेज स्थापना गर्न सकिने सुझाब दिएको थियो । दोस्रो चरणको सम्भाब्यता अध्ययन गर्नका लागी बिश्व बिद्यालय अनुदान आयोग (युजिसी)का सदस्य डा. बिकास अधिकारीको नेतृत्वको टोलीले डोटी क्याम्पस र सेती प्राबिधिक शिक्षालयमा  भएका पुर्बाधार प्रयोग गर्न सकिए पनि उक्त  शैक्षिक संस्थामा ईन्जिनिरिङ्ग कलेज सञ्चालनका लागी नितीगत  समस्या रहेका कारण नसकिने सुझाब दिएको थियो ।

कसरी सञ्चालन गर्ने सम्बन्धमा फरक मत भएपनी डोटीमा ईन्जिनिरिङ्ग कलेज स्थापनाको राम्रो सम्भावनाका साथै उपयुक्त स्थान रहेको भनेर दुबै समितिले सरकारलाई  सुझाब दिएका थिए । ईन्जिनिरिङ्ग कलेजका लागी पुर्बाधारको अबस्थाका बारेमा अध्ययन गर्नका लागी तेस्रो बिश्व बिद्यालय अनुदान आयोग (युजिसी) पुर्ब प्रमुख  प्राध्यापक डाक्टर त्रिरत्न बद्राचार्य नेतृत्वको टोली डोटी आउँदै छ ।

डोटी आउन पुर्ब गरिएको भर्चुवल मिटिङमा प्रा.डा. बद्राचार्यले भने ‘हाम्रो टोलीले कुन स्थानमा बनाउने, कती बजेट लाग्छ, जनशक्ती कती आबश्यक पर्छ सबै कुराको अन्तिम टुङ्गो लगाउने छौँ, यदी सबैको सहयोग भएमा छिट्टै सञ्चालनमा आउन सक्छ ।’

ईन्जिनिरिङ्ग कलेजका एशियाशी बिकास बैंक, बिश्व बैंक र अष्टे«लियन एड मध्यको लगानीमा बनाउने बारेमा छलफल भईरहेको शिक्षा मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

छलफलमा सहभागी कस्ले के भने ?

जसरी पनि ईन्जिनिरिङ्ग कलेज बन्नु पर्छ :  मूख्यमन्त्री भट्ट 

सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा ईन्जिनिरिङ्ग कलेज जुन कुनै हालतमा पनि स्थापना हुन पर्ने बताए । मूख्यमन्त्री भट्टले भने ‘ डोटीलाई हामीले शैक्षिक हब बनाउने भनेका छौँ, डोटीमा ईन्जिनिरिङ्ग कलेज स्थापना गर्न जरुरी छ, प्रदेश स्तरका धेरै सरकारी शैक्षिक संस्था डोटीमा छन्, यो कलेज जसरी पनि डोटीमा स्थापना हुन पर्छ ।’

Sayalb

ईन्जिनिरिङ्ग कलेज स्थापनाका लागी प्रदेश सरकार सबै प्रकारका सहयोग गर्ने मूख्यमन्त्री भट्टले बताए । भट्टले भने ‘तपाईहरुको टिमलाई स्वागत छ, हामीले भौतिक, नैतिक आर्थिक सबै सहयोग गछौँ सुदूरपश्चिम प्रदेश सरकार ईन्जिनिरिङ्ग कलेज डोटीमा स्थापनाको पक्षमा छ ।’

हामी जमिन उपलब्ध गराउछौँ : नगर प्रमुख मलासी

डोटीमा ईन्जिनिरिङ्ग कलेज स्थापनाका लागी दिपायल सिलगढी नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख मञ्जु मलासीले बताईन् । मलासीले भनिन् ‘हामीले कोष तथा लेखा नियन्त्रणको कार्यालय रहेको जमिन अधिग्रहणको पक्रीया अघी बढाएका छौँ त्यो जमिन पनि उपलब्ध गराउन सकिन्छ, अन्य ठाउँहरु पनि बिकल्प छन् ।’ शिक्षा क्षेत्रको बिकासका लागी नगरपालिका सम्पुर्ण सहयोग गर्ने मेयर मलासीले प्रतिबद्धता समेत ब्यक्त गरिन् ।

फराकिलो ठाउँ खोजौँ  : संयोजक बद्राचार्य 

डोटीमा सम्भाब्यता अध्ययन अन्तिम चरण रहेको हुँदा सबैको सहयोगको अपेक्षा रहेको पुर्बाधार अध्ययन समितिका संयोजक त्रिरत्न बद्राचार्यले बताए । प्रा.डा. बद्राचार्यले भने ‘ बृहत योजनाका साथ ठुलो र फराकिलो ठाउँ छानौँ जहाँ धेरै लामो समयसम्म काम गर्न सकियोस ।’

अध्ययन टोली अहिलेसम्म डोटी आईसक्ने भएपनी नोभेल कोरोना भाईरसका  कारण आउन नसकिएको जानकारी दिए । भर्चुअल मिटिङबाट भएपनी प्रदेश र स्थानीय सरकारसंग छलफल गरिएको बद्राचार्यले बताए । बद्राचार्यले भने ‘मूख्यमन्त्री र मेयर सापको ईञ्छाशक्ती देखेर हामी पनि उत्पाहीत भएका छौँ । सबै लाग्ने हो भने  चाँडै परिणाम दिन सकिन्छ ।’

हाम्रो संरचना पनि दिन सक्छौँ :  क्याम्पस प्रमुख जोशी 

ईन्जिनिरिङ्ग कलेज सञ्चालनका लागी प्रारम्भमा भौतिक संरचनाको अभाब भएमा डोटी क्याम्पसको संरचना प्रयोग गर्न सकिने डोटी बहुमुखी क्याम्पस प्रमुख दिलानन्द जोशीले बताए ।

हाम्रा दुई वटा नयाँ भवन निर्माणका क्रममा रहेका छन । हामीलाई भबन प्रयाप्त हुन्छ हामीले अहिले ईन्जिनिरिङ्ग कलेज स्थापनाका लागी हाम्रो संरचना प्रयोगका लागी दिन सक्छौँ ।

शैक्षिक हब बनाउनु पर्छ : अभियान्ता जोशी 

डोटीमा राजधानीको क्षतिपुर्ति स्वरुप पनि ईन्जिनिरिङ्ग कलेज स्थापना हुन पर्ने अभियान्त तथा तत्कालीन शिक्षा मन्त्री धनीराम पौड्यलका सल्लाहकार जनार्दन जोशीले बताए ।  डोटीलाई शैक्षिक हबको रुपमा बिकास गर्नका लागी डोटीमा शैक्षिक संरचना बन्न आबश्यक रहेको जोशीले बताए । उनले भने ‘ प्रादेशिक राजधानी त बन्न सकेन शैक्षिक राजधानी बनाउ सकिने बिकल्प हाम्रा अघी खुला छ त्यसैले त्यस कामका लागी स्थानीय, प्रदेश र केन्द्र सरकारले आफ्ना कार्यक्रम तयार गर्नु पर्छ ।’ डोटीमा ईन्जिनिरिङ्ग कलेज स्थापना हुनेमा आफु बिश्वस्त रहेको जोशीले बताए ।

Shaileshwori
Loading...