नेपालमा कोरोना मुक्त हुनेको संख्या एक लाख नाघ्यो

पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु

बिहिबार देशभर तिन हजार ६ सय ३७ जना कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १५ हजार दुई सय ५५ पिसिआर परीक्षण गर्दा तिन हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताए ।

योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार पाँच सय नौं पुगेको छ । नेपालमा हाल ४४ हजार ८ सय ७७ जना सक्रिय संक्रमित छन् ।

Sayalb

त्यस्तै आज देशभर तिन हजार दुई सय १५ संक्रमितले कोरोना जितेका छन् । कोरोना मुक्त हुनेहरूकोे कुल संख्या एक लाख दुई हजार ८ सय २० रहेको छ ।

पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ ।

Shaileshwori
Loading...