क्यान्सर पीडित ५ वर्षीय बालकलाई सात्फरीका युवाद्धारा आर्थिक सहयोग

डबल बम/डोटी 

Sayalb

बोगटान फुडसिल गाउँपालिका वडा नम्वर ४ सात्फरी बल्लेकाँडाका क्यान्सर पिडित ५ वर्षका सुजन बमको विगत ३ वर्ष देखि काठमाण्डौको महाराजगन्ज स्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । उपचारमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेका छन ।
सुजनका बुवाको अपिल पछि सामाजिक सञ्जालमार्फत थालिएको अभियानले केहि आर्थिक सहयोग जुटेको छ । तर त्यतिले मात्र उपचार सम्भव नभएपछि सात्फरी युवाक्लवका सदस्यहरुले सक्दो सहयोग गरौँ सुजन बचौँउ भन्ने उदेश्यले घरदैलोमा गइ आर्थिक संकलन गरेका छन ।
सात्फरी युवाक्लवका युवाहरुले बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्वर ४ सात्फरीमा घर घरमा गएर पैँशा संकलन गरेका हुन । युवा क्लवका सदस्यहरुले ७ दिनको घरदैलो कार्यक्रमबाट २३ हजार २ सय ८४ रुपैँया जम्मा गरेका छन । संकलन भएको सबै रकम आजै सुजनका बुवा गणेश बमलाई हस्तान्तरण गरिएको सात्फरी युवा क्लवका अध्यक्ष आशिष कुवँरले जानकारी दिएका छन ।

Shaileshwori
Loading...