Before Header
After Navigation

११ वर्षीया एक बालीका सहित डोटीका थप ७ जनामा कोरोना देखियो

निर्मला बम/डोटी

Sagan sahari bhawan nirman aayojana

डोटीमा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । शनिबार डडेल्धुरा अस्पताल डडेल्धुराको प्रयोगशाला गरिएको परिक्षणमा डोटीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यो संगै डोटी जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार दुई सय ४५ पुगेको छ ।

आज जिल्लाको दिपायल सिलगढी नगरपालिका र के.आई.सिंह गाँउपालिकाका तिन/तिन जना र जोरायल गाँउपालिकाका एक जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।
दिपायल सिलगढी नगरपालिका वडा नम्वर १ का २० वर्षका एक जना पुरुष, वडा नम्बर ४ का ४७ वर्षका एक पुरुष र ४० वर्षीया एक महिला, के.आई.सिंह गाँउपालिका वडा नम्वर १ का ४४ वर्षका एक जना पुरुष, वडा नम्वर ४ का ३८ वर्षका एक जना पुरुष, वडा नम्वर ६ का २५ वर्षका एक पुरुष र जोरायल गाँउपालिका वडा नम्वर ३ की ११ वर्षीया एक बालीकामा कोरोना पुष्टि भएको छ ।
आज कोरोना देखिएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आईसोलेसनमा रहेका स्वास्थ्य कार्यालयले बताएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख मलासीका अनुसार हाल जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या एक सय १६ रहेको छ ।

Shaileshwori
Loading...