दिपायलका ब्यापारी कर्ण भण्डारीको मृत्यु
जेभि आयल स्टोर दिपायलका सञ्चालक कर्णबहादुर भण्डारीको मृत्यु भएको छ । कोरोना संक्रमित भएपछी प्रादेशिक अस्पताल धनगढीमा उपचारत भण्डारीको शनिबार मृत्यु भएको भण्डारीका साला प्रकाश कपड्यालले बताए । संक्रमित भएर अस्पताल भर्ना भएका भण्डारीको बिहिबार मात्र कोरोना रिर्पोट भने नेगेटिभ आएको कपड्यालले बताए । निमोनियाका बिरामी रहेका भण्डारीको आईसियुमा राखेर उपचार भईरहेको थियो ।