कञ्चनपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु


छोराको कुटपिटबाट गम्भीर घाइते भएकी कञ्चनपुरकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीका ३० वर्षीय पप्पु वादीको कुटपिटबाट गम्भीर घाइते भएकी ५७ वर्षीया पार्वती वादीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।
शनिबार राती घरायसी विवाद हुँदा पप्पुले आमालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले जानकारी दिए ।
मृतकको टाउकोमा गम्भीर चोट लागेको पाइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
