आईतबार ३३३६ जना कोरोना मुक्त, २८५६ जनामा कोरोना पुष्टि

आईतबार देशभर दुई हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार तिन सय ११ पिसिआर परीक्षण गर्दा दुई हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । नेपालमा हाल ४५ हजार पाँच सय ७२ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै आज देशभर तिन हजार तिन सय ३६ संक्रमितले कोरोना जितेका छन् । कोरोना मुक्त हुनेहरूकोे कुल संख्या एक लाख ११ हजार ६ सय ७० रहेको छ ।
पछिल्लो २४ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ ।
