संयोजक खड्काद्वारा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग 

टेक विवश साउद/डोटी

Sayalb

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर सात उडितोलाका ६ जना अनाथ बालबालिकालाई योगदान राष्ट्रका लागि कार्यक्रमका जिल्ला संयोजक दिपेन्द्र खड्काले शैक्षिक सामाग्री वितरण गरेका छन् । सोमबार बडादशैँको अवसरमा आफुले ति बालबालिकालाई ६ हजार वरावरका शैक्षिक सामाग्री वितरण गरेको संयोजक खड्काले बताए । आर्थिक रुपमा कमजोर त्यहीँ माथि आमा तथा बुवा गुमाएका केहि बालबालिकालाई विजया दसमीको दिन आफुले सहयोग गर्न पाउदा गौरब महसुस भएको उनको भनाइ छ ।
योगदान राष्ट्रका लागि अभियानले प्राथमिक उपचार पद्धतिको विकास गरि मृत्युुदर कम गर्ने, स्वास्थ जनचेतना फैलाउने, देशमा स्वास्थ्यमा परिवर्तनको क्षेत्रमा टेवा र्पुयाउने अभियानको मुख्य उद्देश्य रहेको छ । अभियानले डोटी जिल्लामा पनि विभिन्न सेवा मुलक सामाजिक कार्य गर्दै आइरहेको छ ।

Shaileshwori
Loading...