नेकपाले यस वर्ष चियापान नगर्ने 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दसैँ,  तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । 

Sagan sahari bhawan nirman aayojana

नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले मंगलबार विज्ञप्ति जारी गरी कोभिड– १९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका हुन् ।

राससका अनुसार विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ । यसअघि नेपाली कांग्रेसले पनि कोरोना महामारी फैलिएका कारण कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष स्थगित गरेको थियो ।

Shaileshwori
Loading...