डोटीमा अरिंगालको टोकाईबाट दिदी बहिनीको मृत्यु

Sayalb

सायल गाउँपालिका वडा न.–१ छपालीको रोकाया गाउँमा अरिंगालको टोकाईबाट दुई दिदी बहिनीको मृत्यु भएको छ ।
मंगलबार घर नजिकै रहेको अरिंगालले भिम रोकायाकी ५ बर्षिया छोरी मनिसा रोकाया र उनकी ३ बर्षिय बहिनी सृजना रोकायालाई अरिंगालको टोकाईबाट मृत्यु भएको स्थानीय प्रकाश थापाले जानकारी दिएको पत्रकार झलक पालीले बताए ।  मृतक दिदी बहिनीको आजै हिन्दु परम्परा अनुसार अन्त्यष्टी गर्ने तयारी रहेको परिवार स्रोतले जानकारी दिएको छ ।

Shaileshwori
Loading...