भारतियलाई नागरिकता दिने वडा अध्यक्ष पक्राउ


भारतियलाई नागरिकता दिने कैलालीका एक जना वडा अध्यक्ष पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नगरिकताको लागी सिफारिस गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाएर वडाध्यक्ष जोशीले भारतीय नागरिक अन्सारीलाई सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।वडाध्यक्ष जोशीले २०७५ साल फागुन २० गते भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेको प्रहरीले जनाएको छ ।
टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन् । भारतीय नगरिकले चौधरी परिवारलाई १ लाख दिएर नक्कली परिवार बनाएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका वडाध्यक्ष जोशी नेपाली काँग्रेसबाट विजयी हुन् । पक्राउ परेका तिनै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु बनेका खुसीराम चौधरी र भाउजू भनेकी गिता चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
