डोटीको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि


निर्मला बम
कार्तिक, १४ डोटी
शुक्रबार डोटीमा थप एक जना कोरोना संक्रमित थपिएका छन । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरीएको परिक्षणमा दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ४ का १ जना पूरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय डोटीले जानकारी दिएको छ ।
यो संगै डोटीमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय छयालिस पुगेको छ ।
हाल जिल्लामा ६४ जना संक्रिय संक्रमित रहेका छन
