Before Header
After Navigation

कञ्चनपुरमा तीन जनाको शव फेला

कृष्णपुर नगरपालिका–४ कञ्चनपुर मालुमेलास्थित जङ्गलमा आज विहान दुई जनाको शव फेला परेको छ ।

Sagan sahari bhawan nirman aayojana

गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेका उनको सनिबार बिहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव कञ्चनपुरका जङ्गलमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारि दिएको छ ।
त्यसैगरी कञ्चनपुरको महाकाली नदीमा आज विहान भीमदत्त नगरपालिका–६ का २३ वर्षीय सरोज चौधरीको शव पनि भेटिएको छ । गत मङ्गलबार साथीहरुसँग दोधारा चाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा चौधरी वेपत्ता भएका थिए । प्रहरी प्रवक्ता थापाका अनुसार झोलुङ्गे पुलबाट करिब दुई सय मिटर दक्षिण चौधरीको शव भेटिएको हो । वेपत्तापछि प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेपनि चौधरीको अवस्था पत्ता लगाउन सकेका थिएनन् ।

“दुवै जना २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ” प्रवक्ता थापाले भने, “घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ ।” घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ । आज विहान भने नदीमा माछा मार्ने क्रममा शव भेटिएको हो । प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाउने जनाएको छ ।

Shaileshwori
Loading...