नेकपा प्रदेश सदस्य साउद द्धारा एक लाखको अक्षयकोष स्थापना

टेक बिबश साउद
डोटी: सत्तारुढ नेकपा प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर्स अफ कमर्षका अध्यक्ष समाजसेवी खगेन्द्र साउँदले दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ कलेनामा रहेको तेडि मा.बि मा एक लाखको अक्ष्यकोष स्थापना गरेका छन् ।
उनले दिपायल सिलगढी नगरपालिकामा रहेका सम्पुर्ण सामुदायिक माध्यमिक बिद्यालयहरुमा पुर्ब घोषित कार्यक्रम अनुसार आज सनिबार एक कार्यक्रमका बिच कलेनामा रहेको बिद्यालयमा आफ्नो आमा र बुवाको नाममा अक्ष्यकोष स्थापना गरेका बिद्यालयले जानकारि दिएको छ ।

साउदले प्रत्यक बर्ष जिल्लाका अपांग, एकल, गरिब र जेष्ठनागरिकलाइ कपडा, सरसफाइका सामाग्रि, यात्रु प्रतिक्षालय निर्माण र नगर क्षेत्रका १० बालबालिकको अभिभाकत्व समेत लिइ निरन्तर सामाजिक सेवाका कार्यहरु गर्दै आएका छन् ।
त्यस्तै सोहि अबसरमा दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर सातका राष्टका लागि योगदानका डोटी जिल्ला संयोजक दिपेन्द्र खड्काले सोहि बिद्यालयमा ५ हजार ५ सय र नेपाल स्यमसेवक संघ जिल्ला कमिटी संयोजक धन बहादुर कुमालले पनि रू दश हजार विधालयलाइ रकम सहयोग गरेका छन् ।
२०१७ सालमा स्थापना भएको विधालय करिब ६० वर्ष पछि मावि सञ्चालनका लागि स्थानिय सरकार आए लगत्तै लागि रहेको र अहिले सफल भएको दिपायल सिलगढी नगरपालिका वडा नं ९ का अध्यक्ष धर्म बहादुर साउँदले बताउनु भएको छ। यशै शैक्षिक शत्रबाट उक्त बिद्यालय आ.बि बाट मा.बि भएको हो
उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य अर्चना गहतराज,नेपाल कम्युनिष्ट पार्टी सुदुरपश्चिम प्रदेश कमिटी सदस्य केवि साउँद, अस्थायी प्रहरी पोष्ट कलेनाका ईन्चार्ज बिशन सिं थापा, ,स्थानिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,स्थानिय युवा,समाजसेवी, बुद्धिजिबी, अभिभावक,लगायत सम्पूर्ण गाउँबासीको उपस्थिति रहेको थियो।
