कञ्चनपुरमा अवैध काठ बरामद


कञ्चनपुरको बेलौरी नगरपालिका–९ का खडकबहादुर देउवाको घरबाट प्रहरीले अवैध काठ बरामद गरेको छ ।
गोप्य सूचनाका आधारमा देउवाको घरमा खोजी गर्दा परालले छोपेर राखेको अवस्थामा लम्वाई ११ फिट गोलाई ५।५ फिट भएको९४२।१८ क्युफिट काठ अवैध सालको काठको १ थान गोलीया फेला पारेको प्रहरीले जनाएको छ ।
