बैतडीका विद्यालयमा भोलिदेखि पठनपाठन

भोलिदेखि बैतडीका विद्यालय सञ्चालनमा आउने भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् । दशैँअघि बन्द भएका नगरपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन लागेको पुर्चौडी नगरपालिकाका शिक्षा शाखाप्रमुख दिनेश नागरीले जानकारी दिए ।

यस्तै मेलौली नगरपालिकामा पनि भोलिदेखि पठनपाठन क्रियाकलाप सञ्चालनमा आउने भएको छ । जोखिम कम भएका क्षेत्रमा प्रत्यक्ष विद्यालयमै पठनपाठन हुने र बढी जोखिम भएका ठाउँमा टोल शिक्षाका माध्यमबाट कक्षा सञ्चालन हुने मेलौली नगरपालिकाका शिक्षा शाखाप्रमुख हरिश भट्टले जानकारी दिए ।
