जीप दुर्घटना १ बालकको मृत्यु

Sayalb

बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा जीप दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ४ को बेलकाट्या भन्ने स्थानमा ताप्रीबाट आइरहेको से १ ज ११८० नम्बर जीप दुर्घटना हुँदा सोही ठाउँका अन्दाजी ४ वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि २ जना घाइते भएका छन । घाइते हुनेमा बुढीगंगा नगरपालिका वडा नम्बर ४ कै २५ वर्षीय कमल बहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Shaileshwori
Loading...