बाल सुधार गृहका २७ सहित डोटीका थप ३५ जनामा कोरोना देखियो

Sayalb

निर्मला बम/डोटी
डोटीमा ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आईतबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा डोटीका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यो संगै डोटी जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार दुई सय ८४ पुगेको छ ।
आज जिल्लाको दिपायल सिलगढी नगरपालिकाका ३४ जना र बोगटान फुड्सिल गाँउपालिकाका एक जनामा कोरोना देखिएको हो ।
स्वास्थ्य कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नम्वर ४ का एक जना पुरुष, वडा नम्बर ५ की एक महिला, वडा नम्बर ६ का ३० जना पुरुष र दुई महिलामा कोरोन पुष्टि भएको हो । त्यस्तै बोगटान फुड्सिल गाँउपालिका वडा नम्वर ४ का एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
आईतबार कोरोना देखिएका दिपायल सिलगढी नगरपालिका वडा नम्वर ६ अन्तरगतका २७ जना बाल सुधार गृह डोटीका कैदी बन्दि रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
आज कोरोना देखिएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आईसोलेसनमा रहेका स्वास्थ्य कार्यालयले बताएको छ ।

Shaileshwori
Loading...