डोटी प्रशासन द्धारा नागरिकता लिन आएका ब्यक्तीलाई नदिएरै फिर्ता

डोटी: नागरिकता लिनका लागी जिल्ला प्रशासन कार्यालय डोटीमा आएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय डोटीले फिर्ता पठाएको छ । हालसम्म नागरिकता किन नलिएको भन्दै केआईसि गाउँपालिका बडा नं २ का नेपाली नागरिकहरु ५० बर्षिय रिउले भुल (उदय) र ५५ बर्षिय बहादुर सार्कीलाई फिर्ता पठाएको हो ।
रोजगारीको शिलशिलमा भारतमा रहेका भुल र सार्की कोरोना भाईरसबाट रोजगारी प्रभाबित भएर नेपाल फर्किर स्वदेश फर्किएको बेला नागरिता बनाउन प्रशासन पुग्दा फिर्ता गरिएको हो । पक्रीया पुगेर आएका नागरिकलाई नागरिकता प्रदान गर्नु पर्नेमा दुःख दिने नियतका फिर्ता गर्ने कुरा आपत्तीजनक भएको राष्ट्रिय जनमोर्चाका डोटी जिल्ला सचिब केशबनाथ योगीले बताए ।
धेरै बर्ष हुँदा पनि नागरिता नलिएको देखिँदा आफु निश्चित भएर नागरिता दिनेगरी वडा कार्यालयबाट बुझ्नका लागी फाँटबाट फिर्ता गरिएको जानकारी आफुले पाएको डोटीका प्रमुख जिल्ला अधिकारी भिमप्रशाद भट्टराईले बताए । भट्टराईले भने ‘मैले आफुले हेर्न पाईन बुझ्नका लागी फिर्ता गरिएको रहेछ, हाम्रो दुःख दिने नियत होईन लामो समयसम्म नलिएको भन्दा बुझ्न खोजेको हो ।’
सचिब योगीले लेख्नु भएको स्टाट जस्ताको त्यस्तै
नेपाली नागरिकहरु जो बेरोजगारी बाट ग्रसित भएर बाध्यताले आफ्नो जन्मभूमि र घर परिवारलाई छोडेर बिदेश वा भारतलाई कर्मभूमि बनाईरहेका छन । उनीहरुलाई नागरिकता लिन केही ढिला भएको कारण डोटीका प्रमुख जिल्ला अधिकारीले उनीहरुलाई तिमीहरू अहिले सम्म काहाँ थियो ? अहिले सम्म किन नआएको ? भनेर केआईसि गाउँपालिका बडा नं २ का नेपाली नागरिकहरु रिउले भुल ( उदय) र बहादुर सार्कीलाई नागरिकता न दिएर घर फर्काएको आधिकारिक जानकारी आएको छ । उनीहरुसंग वडाको सिफारिस लगायत सबै कागज पत्र हुँदा हुँदै ५ जनाको मुचुल्का, सहिछाप तथा अहिलेसम्म नागरिकता किन न बनाएको कारण खुलाएर वडा कार्यालयको थप सिफारिस माग्छन् तर नेपाल सरकारका सिडियोहरुले अहिले सम्म करिब ५० लाख भारतीय नागरिकहरुलाई नागरिकता बितरण गरिसकेका छन । नेपाली नागरिकलाई नागरिकता दिनु पर्यो भने यी सिडियोहरु थुप्रै प्रश्न खडा गरेर नागरिकता न दिएर घर फर्काउने कारण कतै पैसा वा घुस न दिएर त होइन ? प्रश्न खडा भएको छ । यसरी नेपाली नागरिकहरु लाई दुख दिनेकाम तुरुन्त बन्द गरियोस् ।

राष्ट्रिय जमोर्चाका सचिब केशबनाथ योगी द्धारा फेसबुकमा लिखित स्टाटस
Sayalb

 

हिसाब गरिन्छ :  समन्वय प्रमुख ऐर
नागरिकता नदिनेको हिसाब हुने जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले बताए । नागरिकलाई फिर्ता गरिएको प्रति आक्रोश ब्यक्त गर्दै राष्ट्रिय जनमोर्चाका सचिब केशबनाथ योगीको स्टाटसमा कमेन्ट गर्दै प्रमुख ऐरले लेखेका छन ‘ रात परे नि नागरिकता दियो डोटी प्रशासनले भनि लेख्ने प्रशंसा गर्ने पत्रकार पत्रकारको पनि ध्यान आकर्सित होस । यसरी दुःख दिएको खबर मलाई नि धेरै आएको छ । हिसाब गरिन्छ ।’
कस्को हिसाब गर्ने भन्ने बारे स्टस्ट नभएपनि नागरिकता बितरणसम्बन्धी गुनासो आएको उल्लेख गरेर प्रमुख जिल्ला अधिकारी प्रति ऐरले लक्षीत गरेका छन ।

राष्ट्रिय जमोर्चाका सचिब केशबनाथ योगी द्धारा फेसबुकमा लिखित स्टाटसमा जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐरको कमेन्ट

Shaileshwori
Bolpatra
Loading...