अरिङ्गालको टोकाईबाट डोटीकी एक बृद्ध महिलाको मृत्यु
डोटीमा अरिङ्गालको टोकाईबाट एक बृद्ध महिलाको ज्यान गएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नम्वर १ बाँझककानीको बाहुन टाक टोल बस्ने अन्दाजी ७५ वर्षकी कटि लुहारको अरिङ्गालको टोकाईबाट मृत्यु भएको हो ।
लुहारलाई आइतबार वनमा गोठाला गएको बेलामा रुखमा गोलो बनाई बसेको अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाईबाट घाईते भएकी ति बृद्ध महिलालाई मौवा नगरदह स्वास्थ्यचौकीमा उपचार पछि आईतबार राती नै घरमा लगिएको थियो । सोमबार बिहान २ बजेतिर उनको मृत्यु भएको नेकपा आदर्श गाउँ कमिटि अध्यक्ष गोबिन्द पार्कीले जानकारी दिए ।
यो भन्दा केही दिन पहिला मात्र जिल्लाको सायल गाँउपालिकाकी दुई बालिकाको अरिङ्गालको टोकाईबाट ज्यान गएको थियो ।