सोमबार दुई हजार ९३३ जनामा कोरोना पुष्टि, ३ हजार ९५० जना कोरोना मुक्त

२४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु

Sayalb

सोमबार देशभरका दुई हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेको संख्या एक लाख ७६ हजार पाँच सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभरका ३ हजार ९ सय ५० जनाले कोरोना जितेका छन् । यो संगै कोरोना मुक्त हुनेहरूकोे कुल संख्या एक लाख ३७ हजार ९ सय ९२ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ जनाको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।

Shaileshwori
Loading...