सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा संक्रमण पुष्टि

Sayalb

मंगलबार डाेटीका ७ सहित  सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, जिल्ला अस्पताल बझाङ प्रयोगशाला, जिल्ला अस्पताल बैतडी र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ४ सय ७७ जनाको परीक्षण गरिएकोमा थप ४० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार सेती अस्पताल प्रयोगशालामा २० जना, डोटी अस्पताल प्रयोगशालामा ७ जना, जिल्ला अस्पताल बझाङ प्रयोगशालामा ६ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ४ जना र जिल्ला अस्पताल बैतडी प्रयोगशालामा ३ जनामा संक्रमण पुष्टि भएको छ । अाज थपिय संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ९ सय ५५ पुगेको छ। संक्रमित मध्ये ८ हजार १ सय ३८ जनाले कोरोना जितेका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

Shaileshwori
Loading...