डोटीमा भिरबाट लडेर एक महिलाको ज्यान गयाे

मंगलबार डाेटीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नं. ६ गिरीचौकाको बाङ्गाउँ टोल बस्ने बहादुरे ओलीकी पत्नी वर्ष ४३ कि पानादेवी ओलीको बिहान ११ बजेतिर भिरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको वनमा खर काट्न गएकी ओली करिब ४ सय मिटर तलसम्म लड्दा घटना स्थलमै ज्यान गएकाे स्थानीय तपेन्द्र बोहराले जानकारी दिए ।
