सरकार फेरीदैन ढुक्क हुनुस् : प्रधानमन्त्रि ओली

Sayalb

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले राजीनामा नदिने बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने दाबी गरेका हुन् ।
प्रधानमन्त्रि ओलीले आफ्नो लागी नभएर देशको लागी आफुले राजिनामा दिन नहुने बताएका हुन् । प्रधानमन्त्रि ओलीले भने “बाहीर सञ्चारमाध्यममा हल्ला फैलिइसकेछ राजीनामा दिन पर्‍यो भनेर, तर मैले राजीनामा दिए भने देश बर्वादितर्फ जान्छ त्यसैले राजीनामा पक्षमा छैन ।”
सरकारमा आफ्नो रहरले नआएको पनि उनले बताएका छन् । “म मेरो रहले यहाँ आएको होइन । मलाई जनताले विश्वास गरेर यहाँ पठाएका हुन् ।, उनले भने, अहिले सरकार फेरिन्छ कि भन्ने चर्चा चलरिहेको छ । तपाईंहरु ढुक्क हुनुहोस् सरकार फेरिँदैन । ”
देशलाई अस्थरितातर्फ धकेल्न चाहनेले सरकारको आलोचना गररिहेका उनले दाबी गरेका छन् ।

Shaileshwori
Loading...