महिलाको ज्यान बचाए डोटीमा वडा अध्यक्षले

डोटी–दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले दान गर्नुभएको रगतले एक जनामहिलाको ज्यान बचेको छ ।
दिपायल पिपल्लामा भर्ना भएकी डोटीको केअइसिंह गाउँपालिका–४ की धौलीदेवी विष्ट रक्ताल्पता भएर शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा भर्ना भएकी विष्ट लामो समयदेखि रक्ताअल्पता सहित सेभर एनमिया भएकी उनको उपचारका लागि उक्त अस्पतालमा बुधबार राति आएकी थिइन ।
डाक्टरको सल्लाहा अनुसार कम्तीमा पनि चार पिण्ट ओ–पोजेटिभ रगत अभाबमा छट्पटिएकी विष्टलाई अस्पतालले रगतदानका लागि आग्रह गरेपछि दाह्ी ग्याङ डोटीको समन्वयमा वडाध्यक्ष खड्काले अस्पतालमै आएर आज रगत दान गरेका हुन् । खड्काले रगत दान गरेपछि अहिले महिलाको स्वास्थ्यमा निकै सुधार भएको सो अस्पतालका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए ।

जिल्लामा रगत प्रदान गर्ने ब्लड बैङ्क नभएका कारण यहाँका बिरामी तथा अपरेसन गरेका व्यक्तिलाई रगत प्रदानका लागि निकै समस्या हुँदै आएको छ । जिल्ला अस्पताल नजिक नेपाल रेडक्रस सोसाइटी, डोटी शाखाले वर्षौ पहिले ब्लड बैङ्क खोलेको भएपनि ब्लड राख्ने आवश्यक उपकरण नभएका कारण उक्त बैङ्क सञ्चालनमा आउन सकेको छैन् ।
यहाँका बिरामी तथा अपरेसन गरेका व्यक्तिलाई ब्लड दिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको भर पर्नुपर्ने अवस्था रहदै आएको दिपायल पिपल्लाका स्थानीयवासी तथा व्यापारी सर्वजीत देउवाले बताए ।
