बडिकेदार गाउँपालिकाको केदारेस्वर माबिमा कक्षा ११ को परिक्षा शुरु

एकेन्द्र चन्द /डोटी

Sayalb

डोटीको बडिकेदार गाउँपालिका वडा नम्वर ५ मा रहेको केदारेस्वर माध्यामीक विद्यालयमा कक्षा ११ को बार्षीक परिक्षा शुरु भएको छ ।
आज बाट सुरु भएको परिक्षा कार्तिक २७ गतेसम्म चल्ने छ ।
कोरोना भाइरस कोभिड१९ को कारणले अबरुद्ध भएको परिक्षा सामाजिक दुरी कायम गरी सुरु गरिएको विद्यालयले जनाएको छ ।
पहिलो दिन अनिवार्य अग्रेजीको परिक्षा सुरु भएको र विद्यार्थीलाई अनिवार्य माक्सको प्रयोग गरि सामाजिक दुरी कायम गरि परिक्षा संन्चालन गरिएको विद्यालयका शिक्षक हेम मल्लले जानकारी दिनु भयो ।
कोरोनाको जोखिम भए पनि शैक्षिक शत्र खेर जान नदिन पनि परिक्षा सुरु गरिएको उहाँले बताउनु भयो । परिक्षा सञ्चालन भएन भने विद्यार्थीको भविष्य नै बिग्रन सक्ने तर्फ सचेत भएर परिक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

Shaileshwori
Loading...