डोटीमा भालुको आक्रमण : ९ वर्षीय बालक घाइते

डोटी : डोटीमा भालुको आक्रमणबाट ९ वर्षीय बालक घाइते भएका छन् । शुक्रबार भालुको आक्रमणबाट जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं ७ पाकरीको टाटा पोल्ला टोल बस्ने शेर बहादुर पार्कीका ९ वर्षका छोरा टेक बहादुर पार्की घाइते भएका छन् ।

Sayalb

घाईते बालकको दायाँ हातको पाखुरामा गहिरो चोट लागेको छ । उनको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको छ । पाखुराको दुवै साइडतिर अप्रेशन गर्नुपर्ने उपचारमा संलग्न जिल्ला अस्पतालका डाक्टर सोहम शाहले बताए ।

घाईतेका बुबा शेर बहादुर पार्कीका अनुसार बिहान करिब ९ बजेको समयमा घर नजिकै भालु आएर उनलाई झम्टिएर घाइते बनाएको हो ।

Shaileshwori
Loading...