बलात्कार आरोप लागेका शिक्षक तारेखमा छुटे, अन्याय भएको पीडितको गुनासो

डोटी : के.आई.सिंह गाउँपालिकाका शिक्षक सोफीनाथ भट्ट धरौटीमा छुटेका छन् । गाउँपालिकाको वडा नम्वर ४ की १९ वर्षीया किशोरीलार्ई बलात्कार गरेको आरोप लागेका शिक्षक भट्टलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छोडेको छ । जिल्ला अदालत डोटीका न्यायाधीश विदुर काफ्लेको इजलासले बुधबार भट्टलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
झिमेमालिका माद्यामीक विद्यालयका शिक्षक भट्टले बलात्कार गर्दा ति किशोरी गर्भबति भएकी थिईन् । उनले काठमाडौं गएर गर्भपतन गराइसकेकी छन् ।
ति शिक्षकलाई अदालतले तारेखमा छोडिदिँदा अन्याय भएको पीडितको गुनासो छ । दोषीलाई थुनामा राख्नुको साटो अदालतले मनोबल बढाएर गाउँमा पठाएकाले अदालतप्रतिको विश्वास गुमेको पिडीत किशोरीका आफन्तले बताएका छन् ।

Sayalb

शिक्षक भट्टले विद्यालयको वनभोजमा गएका बेला खिचिएको तस्बिर देखाएर ‘ब्ल्याकमेल’ गर्दै पटकपटक बलात्कार गरेको किशोरीको आरोप छ । त्यसपछि उनले सबै घटना बताएपछि परिवारले किटानी जाहेरी दिएको थियो ।

जिल्ला अदालतको फैसला चित्त नबुझेपछि उच्च अदालतमा पुनरावेदन गरेको सरकारी वकिलको कार्यालय डोटीका न्यायाधिवक्ता पूर्णबहादुर केसीले बताए ।

Shaileshwori
Loading...