डोटीमा बलात्कार आरोपी रिहाइको आदेश पुनरावेदनमा

डोटी:

जिल्लामा पछिल्लो समय महिला तथा किशोरी बलात्कारका घटना र उजुरीको क्रम बढ्दै गएको छ ।केहि दिन अघि किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका एक शिक्षक जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएपछि पिडितका आफन्त आक्रोशित बनेका छन् । उक्त आदेशको उच्च अदालत दिपायलमा पुनरावेदन हुने भएको छ ।

Sayalb

डोटीको केआइसिंह गाउँपालिका स्थित झिमेमालिका माध्यमिक विद्यालयका शिक्षक सोफिनाथ भट्टलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छाडेको भन्दै उनीहरु आक्रोसित भएका हुन् । अदालतका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले बलात्कारको आरोप लागेका भट्टबाट तीन लाख धरौटी लिइ तारेखमा छाड्न आदेश दिएको थियो । शिक्षक भट्टलाई सो गाउँपालिका–४ की १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

आरोपी छाड्ने आदेश चित्त नबुझेपछि सरकारी वकिलको कार्यालय, डोटीले उच्च अदालत दिपायलमा पुनरावेदन गरेको सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता पूर्णबहादुर केसीले जानकारी दिए । शिक्षक भट्टले विद्यालयको वनभोजमा गएका बेला खिचिएको तस्बिर देखाएर ‘ब्ल्याकमेल’ गर्दै पटकपटक बलात्कार गरेको किशोरीको आरोप छ ।

यही कात्तिक १ गते जिल्ला अस्पताल डोटीमा किशोरीको गरिएको स्वास्थ्य परीक्षणमा उनको पेटमा १३ साता ४ दिनको गर्व रहेको पुष्टि भएपछि शिक्षक भट्टलाई थप कानूनी कारवाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ । ती किशोरीले काठमाडौं गएर गर्भपतन गराइसकेको बताइएको छ ।

मुलुकी फौजदारी संहिता २०७४ अनुसार यस्ता आरोपीलाई तत्काल फेला परेका प्रमाणका आधारमा कम्तीमा सातदेखि १० महिनासम्म कारागारमा राखी पूर्पक्ष गर्न सकिने व्यवस्था छ ।

Shaileshwori
Loading...