डोटी र बाजुराका थप १४ जनामा कोरोना पुष्टि


डोटी : जिल्ला अस्पताल डोटीको कोभिड-१९ प्रयोगशालामा सोमबार थप १४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ९८ नमुनाहरुको कोरोना जाँच गरिएमा १४ जनामा कोरोना पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपीिटेण्डेण्ट बिरेन्द्र रावतले जानकारी दिए । कोरोना पुष्टि भएका ८ जना डोटीका र ६ जना बाजुरा जिल्लाका हुन् ।
