डोटीमा दुई मोटरसाईकल एकआपसमा ठोक्किदा तीन जना घाईते

डोटी : दुई मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाईते भएका छन् । जिल्लाको राजपुरबाट पूर्वीचौकी गाउँपालिका जाँदै गरेको मोटरसाइकल र दिपायलबाट शिखर नगरपालिका जाँदै गरेका मोटरसाइकल दिपायल सिलगढी नगरपालिका–४ दिपायल स्थीत सेती प्राविधिक शिक्षालय नजिक एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार तिन जना घाईते भएका जिल्ला ट्राफिक कार्यालय दिपायलले जनाएको छ ।

bhukampa

से ६ प १३९८ र से २ प ९६०८ नम्बरका दुई मोटरसाईकल एक आपसमा ठोक्किदा डोटीको पूर्वीचौकी गाउँपालिका १ फुलोटका २९ वर्षीय जीत बहादुर खड्का, शिखर नगरपालिका १ मुडे गाउँका २१ वर्षीय भरत विक र कैलालीको धनगढी उपमहनगरपालिका १५ कनरीका ३४ वर्षीय शाहस चौधरी घाईते भएका हुन् ।

घाइतेको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय दिपायलले जनाएको छ ।

Shaileshwori
Loading...