३ वर्षका एक बालक सहित डोटीका थप ८ जनामा कोरोना पुष्टि

डोटी : सोमबार डोटीमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल डोटीको कोभिड-१९ परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा डोटीका थप ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यो संगै जिल्लामा कोरोना संक्तमितको संख्या एक हजार तिन सय ६ पुगेको छ ।

स्वास्थ्य कार्यालय डोटीका अनुसार आज जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ का तिन वर्षीया एक बालक, २७ वर्षका एक पुरष र २४ वर्षीया एक महिला, वडा नम्वर २ का २० वर्षीया एक महिला, वडा नम्वर ३ का २१ वर्षका एक पुरुष र १९ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै के.आई.सिंह गाँउपालिका वडा नम्वर २ का २१ वर्षका एक जना पुरुष र शिखर नगरपालिका नम्वर ५ की ३६ वर्षीया एक महिलामा कोरोना देखिएको हो । आज कोरोना देखिएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै जना होम आईसोलेसनमा रहेका बताईएको छ ।

Sayalb

हाल डोटी जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ६१ रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

Shaileshwori
Loading...