डोटीका थप २ जनामा कोरोना पुष्टि

डोटी : मंगलबार डोटीमा थप दुई जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल डोटीको कोभिड-१९ परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा डोटीका थप दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यो संगै जिल्लामा कोरोना संक्तमितको संख्या एक हजार तिन सय ८ पुगेको छ ।

Sayalb

स्वास्थ्य कार्यालय डोटीका अनुसार आज जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्वर २ का ३१ वर्षका एक पुरष र वडा नम्वर ५ का ५० वर्षका एक पुरुष कोरोना पुष्टि भएको छ । आज कोरोना देखिएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आईसोलेसनमा रहेका बताईएको छ ।

हाल डोटी जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ६३ रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

Shaileshwori
Loading...