बुधबार डोटीका थप ५ जनामा कोरोना पुष्टि

Sayalb

डोटी : बुधबार डोटीमा थप पाँच जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल डोटीको कोभिड-१९ परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा डोटीका थप ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यो संगै जिल्लामा कोरोना संक्तमितको संख्या एक हजार तिन सय १३ पुगेको छ ।
स्वास्थ्य कार्यालय डोटीका अनुसार आज जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्वर १ का ३५ वर्षका एक पुरष, वडा नम्वर ३ का ३७ वर्षका एक पुरुष, वडा नम्वर ४ का ४८ र ४९ वर्षका दुई जना पुरुष र वडा नम्वर ६ का ३४ वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको छ । आज कोरोना देखिएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आईसोलेसनमा रहेका बताईएको छ ।
हाल डोटी जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ६८ रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

Shaileshwori
Loading...