डोटीकी एक चार दिने सुत्केरी महिलाको मृत्यु
डोटी : डोटीमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्वर ४ कुमालीकोटकी चार दिने सुत्केरी ३० वर्षीया डम्वरी देवि शाहु कठायतको मृत्यु भएको हो । उनको उपचारका क्रममा धनगढीको सेति प्रादेशिक अस्पतालमा मुत्यु भएको स्थानिय योगेन्द्र कठायतले जानकारी दिए ।
स्थानिय कठायतका अनुसार ति महिलाले डोटीको राजपुरमा रहेको सुजंग अस्पतालमा चार दिन अघि नर्मल रुपमा नवजात शिशु छोरा जन्माएकी थिईन् । सुत्केरी भएपछि ति महिलाको रक्तश्राव नरोकिएपछि सुजंग अस्पतालले जिल्ला बाहिर रेफर गरेको थियो । नवजात शिशुको अवस्था भने सामान्य रहेको बताईएको छ ।