डोटीको बडिकेदार गाउँपालिकामा मेला पर्व मनाउन रोक,

एकेन्द्र चन्द /डोटी कार्तिक, २६

Sagan sahari bhawan nirman aayojana

डोटीको बडिकेदार गाउँपालिकामा सधैको बर्ष झै लाग्ने जात अर्थात मेला पर्व यश बर्ष नहुने भएको छ । कोरोना भाइरसको महामारिले गर्दा देस नै अस्थब्यस्थ अबस्थामा रहेको र मेला पर्व मनाउदा कोरोना भाइरसको जोखिम बढ्ने भन्दै गाउपालिकाले मेला पर्व नमनाउने निर्णय गरिएको बडिकेदार गाउँपालिकाले बुधबार यक सुचना जारी गर्दै पालिका भित्र मनाइने मेला पर्व ठुला केदार मेला,अलाडिकी जात धिर्काडिजात लगायतका मेला पर्बमा रोक लगायको हो ।

सामाजिक दुरि कायम गरि सुदुरपश्चिम प्रदेशको मुख्य धार्मिक स्थल रहेको बडिकेदार मेलामा अत्तिनै भिडभाड हुने भएकोले पुज्ने काम बाहेक अन्य काम नगर्न गाउपालिकाको सूचनामा उल्लेख गरिएको छ, भने मंसिर १० गतेबाट गाउँपालिकामा चल्ने अति आवश्यक बाहेकका सवारी साधनमा रोक लगाउनुको साथै देउसी भैलो खेल्न पनि रोक लगायको गाउँपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा भाटले बताउनु भएको छ ।

Shaileshwori
Loading...