रिफरल अस्पताल बन्दै शैलेश्वरी


कमला कुँवर / कार्तिक ३०, डोटी
डोटी: डोटीको दिपायलमा स्थापना भएको शैलेश्वरी अस्पताल डोटी, अछाम र बाजुरा जिल्लाको रिफ्रल अस्पतालको रुपमा बिकास हुन थालेको छ । अछाम र बाजुरा जिल्लाबाट हायर सेन्टर रिफर गरिएका बिरामीहरु शैलेश्वरी अस्पताल दिपायलमा उपचार गरेर फिर्ता हुने गरेका छन ।
२०६९ सालमा दिपायलमा स्थापना भएको अस्पताल सेवामा सुधारका साथै बिस्तार गर्र्दै गईरहेको छ ।
हातखुट्टा भाचियको अप्रेशन गरि रड राख्ने, हर्निया हाईड्रो शिल, ऐपनडिसाईटिस, आन्द्रा वेरियको साथै नेपाल सरकारका निशुल्क ७ किसिमका सेवा सुबिधा प्रदान गर्दै आएको अस्पताल कैलाली बाहेकका सबै जिल्ला भन्दा उत्तकृष्ठ सेवा प्रदान गर्दै आएको शैलेश्वरी अस्पतालका निर्देशक आईजंग कुँवरले बताए । कुँवरले भने ‘अहिले हाम्रो अस्पतालमा बाजुरा र अछामका जटिल समस्या रहेका बिरामीको अप्रेसन तथा उपचार गर्ने क्रम बढ्दो छ । हामीले एक महिनाको अबधीमा गम्भीर प्रकारका एक दर्जन बिरामीको उपचार गरेका छौँ । ’
स्त्रीरोग बिशेषज्ञ डाक्टर सहितको स्वास्थ्य जनशसक्ती रहेको अस्पतालमा देशमा ख्याती प्राप्त डाक्टर भिजिटिङ डाक्टरको रुपमा आउने गरेका छन ।
साधारण तथा गम्भीर रोगको उपचारका लागी बिरामीको अनबिज्ञताका कारण बाहिर जाने गरेको भएपनी शैलेश्वरी अस्पतालमा उत्कृष्ठ सेवा प्रदान गर्दै आएको एमडिजिपी डाक्टर दुर्गाराज मर्हजनले बताए । महरजनले भने ‘हाम्रो अस्पतालमा आएका अधिकांस बिरामीको उपचार गरेर निको पारेर पठाएका छौँ, उहाँहरु सन्तुष्ट पनि हुनुहुन्छ ।’
एक महिनाको अबधीमा अछामबाट आएका ४ जना र बाजुराबाट आएका ११ बिरामीले सर्जिकल उपचार सेवा प्रदान गरेको छ ।
