विश्व चर्पि दिवस बोगटान फुड्सिल गाउँपालिकामा पनि मनाइयो

कमल बम/मंसिर ४, डोटी
विश्व चर्पि दिवसको अबसरमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना को सहयोग र सहजीकरणमा वडा नं.७ चवाराचौतारामा आज “सधै चर्पीको प्रयोग पुर्ण सरसफाइको आधार , स्वस्थ परिवारका लागि स्वस्थ आनिबानी र ब्यवहार” भन्ने मुल नारा का साथ २० औं चर्पी दिबस बोगटान फुड्सिल गाउँपालिकामा मनाइको छ ।

ठुला खोला खानेपानी तथा सरसफाइ योजनामा पुर्ण सरसफाइका सुचक अनुगमन गरि पभोक्त हरुसंग अन्तरक्रिया गरिएको छ । ठुला खोला खानेपानी तथा सरसफाइ योजनामा पुर्ण सरसफाइका सुचक अनुगमन गरि पभोक्त हरुसंग अन्तरक्रिया गरिएको एम बोहराले बताए ।
आजको कार्यक्रममा सधैँ चर्पि तथा च्याङ मच्याड. सरसफाइ राख्ने स्थानिय भिम साउद लाइ एउटा पुरुसकार सहित सम्मान गरिएको ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाका प्राबिधिक एम बोहराले बताउनु भयो ।
ठुला खोला खानेपानी तथा सरसफाइ योजनाका कोषाध्यक्ष श्री माधाबी देबि बम को अध्यक्षतामा बसेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अथिती वडा अध्यक्ष श्री देब बहादुर बम, वडा सदस्य सकुन्तला नेपाली , नरु देबि बिठारी बोगटान फुड्सिल गा पा ग्रामीण जलस्रोत परियोजनाका संयोजक गिता जि सी , सुआहारा का फिल्ड सुपरभाइजर नरेश बम लगाएत आम उपभोक्ताको उपस्थिति रहेकोे थियोे ।
