वडा अध्यक्षयले गरे झुण्डिएर आत्महत्या

कञ्चनपुर: कञ्चनपुरका एक वडा अध्यक्षले रूखमा झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको बेलडाँडी गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष कृष्ण रोकायाले घरको दक्षिणतर्फ रहेको शुक्लाफाटा राष्टिय निकुञ्जको जंगलमा गुटिलको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

Sayalb

अहिले घटना स्थलमा बेलडाँडी ईलाका प्रहरी कार्यालयको टोलि पुगेको छ र आत्महत्या के कति कारणले गरेको हो भन्ने कुरा अहिले खुल्लामा नआएको इलाका प्रहरी कार्यालयका प्रमुख राजेन्द्र सिंहले बताउनु भएको छ।

घटना घटनु भन्दा पुर्व नै बिहान ८ः१५ मा छोरा लोकेन्द्र रोकायालाई आफू नजिकै रहेको कालिका मन्दिर नजिकै आएको जानकारी फोनबाट दिए पछि घटना घटेको स्थानीयले बताएका छन। बिहानको ७ बजे तिर घरबाट निस्केका मृत अबस्थामा भेटिएका स्थानियले बताए ।

Shaileshwori
Loading...