सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालमा ‘टेली मेडिसिन’ सेवा सुरु

विमल  विष्ट / डोटी, मङ्सिर ५ 
सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलमा पहिलो पटक बिरामीलाई उपचार तथा परामर्श दिनका लागि ‘टेली मेडिसिन’ सेवा सुरु गरिएको छ । प्रदेशका सात वटा पहाडी जिल्ला मध्ये डोटीको दिपायलमा रहेको उक्त अस्पतालमा पहिलो पटक ‘टेली मेडिसिन’ सेवा सुरु गरिएको हो । एकजना चिकित्सक (डाक्टर सहित) सहित अन्य तीन जना स्वास्थ्यकर्मीको टोलीसहित ‘टेली मेडिसिन’ सेवा सुचारु गरीएको प्रदेश प्रहरी अस्पताल दिपायलले जनाएको छ ।
Sayalb
तोकिएका चिकित्सकले टेलिफोन, इमेल र एसएमएस लगायत अन्य सुविधा प्रयोग गरी बिभिन्न रोगका बिरामीको उपचार गर्न तथा अन्य स्वास्थ्यकर्मीलाई सुझाव सल्लाह दिन सकिने भएकाले उक्त सेवा सुरु गरेको प्रदेश प्रहरी अस्पताल दिपायलका प्रमुख डा. भिमबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “टेली मेडिसिन सेवाको एप्स जोडिएका सबै अस्पतालहरूसँग हाम्रो सम्पर्क उङ्ने तथा त्यहाँ रहेका बिषसज्ञ डाक्टरहरुसँग हामीले बिरामीको उपचारका बारेमा जानकारी लिने तथा दिन सकिने भएकाले हामीले यो सेवा सुरु गरेका छौँ, यो सेवाले  बिरामीको उपचार गर्नमा निकै सहज हुँने छ ।”
देशभरिका ठेली मेडिसिन सेवाको एड्स जोडिएका अस्पतालहरूमा रहेका चिकित्सकहरूसँग रोगका बारेमा जानकारी लिन सकिने तथा आफ्नो अस्पतालमा भएका बिरामीको बारेमा जानकारी दिएर उपचार गर्न सकिने भएकाले यो सेवा निकै प्रभावकारी हुँने देखिएको सो अस्पतालमा स्वास्थ्यकर्मी तथा प्राविधिक प्रहरी नायब निरीक्षक खडकबहादुर भुत्यालले जानकारी दिनुभयो । प्रहरी अस्पतालमा ‘टेली मेडिसिन’ सेवा सुरु भएकाले चिकित्सकहरूले केन्द्रीय हब अस्पतालका चिकित्सकसँग सम्पर्क गरी बिरामीका बारेमा सल्लाह लिन सहज भएको छ । यस अघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँको सेती प्रादेशिक अस्पताल धनगढीमा दुइजना चिकित्सक रहने गरी ‘टेली मेडिसिन’ सेवा सुरु गरेको थियो ।

Shaileshwori
Loading...