डोटीमा मेचिमहाकाली बुहारी संयुक्त आवाज कार्य समिति गठन
सरिता कठायत /मंसिर ६ डोटी
प्रदेश संयोजक विद्या तिमिल्सिनाको पहलमा डोटीमा मेचिमहाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्य समिति गठन भएको छ ।
मेचिमहाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्य समिति दिपायल सिलगढी नगरपालिका सिलगढीमा गठन गरिएको हो । ११ जनाको कार्य समिति गठन गरिएको छ । मेचिमहाकाली बुहारी संयुक्त आवाज डोटीको कार्य समितिको संयोजकमा देवि खडका चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षमा सानुमाया बलायर,सचिव राधा श्रेष्ट,सहसचिव विष्ना कुवर,कोषाअध्यक्ष सितास्मा खडका बोगटी, सदस्यहरू मन्जु खडका,चन्द्रा साउंद,निर्मला वोलि,संगिता बिक,मिना माझी,क्रल्पना जेठारा, प्रेस सल्लाहकारमा सरिता कठायत र सल्लाहकारमा लक्ष्मि रोकाया चयन भएका छन ।
पछिल्लो समयमा समाजमा घटिरहेका दाइजो प्रथा, घरायसी हिसां, हिसां,बलात्कार,बालबिबाह,बहुबिबाह जवरजस्तिकरणी जस्ता घटनाहरुलाई न्याय दिलाउनको लागी यो कार्यक्रमलाई देश भरि संञ्चानमा ल्याएको मेचिमहाकाली बुहारी संयुक्त आवाजकी अध्यक्षय यमु शर्मा सुब्बाले बताइन् । मंसिर ६ गते देखि लागु हुनेगरी समितिलाई जिम्मेवार दिएको संस्थाका प्रदेश संयोजक तिमिल्सिनाले बताए । समाजमा घटने हरेक घटना माथि अन्याय हुन नदिन यो समितिले क्रियाशिल रहेर काम गर्नुपर्ने उहाँको भनाई रहेको छ ।
डोटीमा पनि पछिल्लो समयमा यस्ता खाले धेरै घटना घटिरकोले यस समितिका सम्पुर्ण कार्य समितिले एकजुट भएर महत्वपुर्ण भुमिका खेल्नु पर्ने जिल्ला कार्य समितिकि संयोजक खडकाले बताउनु भयो । यस कार्यक्रमका शाखाहरु नेपालमा मात्र नभएर बिदेशमा समेत बिस्तार भईसकेको छ । मेचिमहाकाली बुहारी संयुक्त आवाजले छोरी,बुहारी र महिला मात्रका घटनाहरुमा सीमित नरहेर समाजमा घटिरहेका सम्पुर्ण घटनाहरुको बिरुद्धमा आवाज उठाउने बताएको छ ।